बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ
झापा | मंसिर १५, २०८०
झापामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मेचीनगर नगरपालिका-६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगतमणि आचार्य पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो।
आचार्यले ती बालिकालाई मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानको क्रममा जगतमणिका दाइ ३७ वर्षीय बालकुमार आचार्यले बालिकालाई ललाइफकाइ भेटाएको भन्ने खुल्न आएकाले उनलाईसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

